काठमाडौं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित २७४ जना सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित एक विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराएका हुन्।
ज्येष्ठ सदस्य जबराले बुधवार राष्ट्रपतिबाट शपथ लिएका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष १६५ र समानुपातिकबाट ११० गरी २७५ जना सांसद रहेका छन् । संविधानमा सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार संसदको ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराएका हन ।
२७५ सांसदहरुमध्ये २५ जना सांसदले १४ मातृभाषामा शपथ लिनुभएको छ भने अन्यले नेपाली भाषामा शपथ लिएका थिए ।