काठमाडौं/नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनेछिन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अपराह्न ४ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित दाबी पेस गरेपछि आइतबार राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। माओवादी अध्यक्ष दाहाललाई आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थन गरेका छन् ।