भारतीय प्रधानमन्त्री मोदीले दिए दाहाललाई बधाई

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएको बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमार्फत अध्यक्ष दाहाललाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।

मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको भन्दै मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मैत्रिपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज