लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन

काठमाडौं/ झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका रवि लामिछाने उपप्रधान सहित गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

शीतल निवासमा शपथग्रहण भइरहेको समयमा नेविसंघका नेताहरुले लामिछाने विरुद्ध प्रदर्शन गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित विक्रम आदित्य गिरी र मनिष रायमाझी रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज