काठमाडौं/ नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन छलफल थालेको छ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले नेकपा एसलाई सरकारमा सहभागी गराउन निरन्तर छलफल गरिरहेको बताएका छन् ।
मंगलबार अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका छन् ।
मंगलबार मात्रै राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर नयाँ सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
भद्र सहमति विपरित काम गरेको भन्दै नेपाल वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट छन् ।
आफूसँग सल्लाह नगरी दाहाल नेकपा एमालेसँग मिलेको भन्दै नेपाल असन्तुष्ट भएका हुन् । उनले तत्काल नयाँ सरकारमा सहभागी नहुनेसमेत बताएका थिए ।