काठमाडौं/राष्ट्रिय प्रजातन्त्रत्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबै सरकारमा पार्टी सहभागी हुने निर्णय गरेको छ ।
सरकारमा सहभागी हुने कि नहुने भन्नेमा पार्टीभित्र बहस हुँदै आएको थियो । सोही बारेमा बैठकमा लामो छलफल हुँदा अधिकांश नेताहरूले सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।
बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ । यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने उसले कुर्नेछ ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, पृथ्वी नारायण शाहको तस्बिर अंतिक नोट सार्वजनिक गरिनुपर्ने, सो दिन सार्वजनिक बिदा दिइनुपर्ने, भ्रष्टाचारविरुद्ध विषयमा प्रभावकारी कदम चालिनुपर्ने लगायतका माग राखेको छ ।