प्रधानमन्त्री दाहाल भन्छन्ः यसपटक भाषण कम र जनताको सेवा धेरै गर्छु

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गर्ने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताउँदै मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको बताए ।

प्रधानमन्त्री दाहालले भने, मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।

यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताउँदै उनले भने भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा गरेको छु ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज