काठमाडौं/सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने निर्णय गरेको छ ।
बुधबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए । उनले साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार भइरहेको र आम नागरिकलाई छुने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने उल्लेख गर्दै केही नीतिगत सुधार गर्ने कुरामा छलफल भएको बताए ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।