माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने

काठमाडौँ /नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भएको भेटघाट पछि पार्टी एकिकरण गर्ने सहमति जुटेको बताइएको छ । एकिकरण पछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति समेत भएको एक नेताले जानकारी दिए ।

नेता भट्टराईले पार्टीको नाममा ‘नेकपा’ पनि हटाउन माग गरेका थिए । तर दाहालले आफूहरू ‘माओवादी’ हटाउन तयार भएका कारण नेकपा राख्नुपर्ने तर्क अगाडी सारको थिए ।

ती नेताका अनुसार अब पार्टी एकताको प्राविधिक तयारीको काम थालिने छ । माओवादीले बृहत् वाम एकताका लागि कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य छन् । समाजवादीले भने आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ । ‘

दुवै पार्टीले वार्ता समिति बनाउने र पार्टी एकिकरणको लागि प्राविधिक काम थाल्ने सहमति भएको छ । पार्टी एकतापछि दाहालले प्रधानमन्त्रीका रूपमा सरकारको काममा ध्यान दिने र दोस्रो वरीयतामा रहेर भट्टराईले पार्टी काममा समय लगाउने समझदारी भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज