राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान

काठमाडौं/ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

आगामी माघ २५ गतेका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचन तय भएको छ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज