घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत

काठमाडौँ / नेकपा एकीकृत समाजवादी पार्टीको शनिबार बिहान बसेको सचिवालय बैठकले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेताु झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा सहित ११ जना रहेका छन् ।

भूसाललाई पनि सचिवालय सदस्यमा मनोनीत गरेपछि नेकपा एकीकृत समाजवादीको सचिवालय १२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज