सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं/ मन्त्रालय भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बाहेक पाँच दलका शीर्ष नेताहरू सहभागी रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ।

नयाँ सत्तासमिकरण बनेपछि पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले २६ गते विश्वासको मत लिएका थिए । तर सत्तासाझेदार दलहरुवीच मन्त्रालय बाँडफाँड हुन नसकेपछि अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

आजै प्रधानमन्त्री दाहालले बालकोट पुगेर उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय भागबन्डा लगायतका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज