सत्तारुढ दलको बैठकले मन्त्रीको टुंगो लगायो

काठमाडौं/बालुवाटारमा सोमबार बसेको सत्तारुढ दलको बैठकले मन्त्रीको टुंगो लगाएको छ । नवनियुक्त मन्त्रीहरुले मंगलवार दिउँसो १ बजे सपथ खाने कार्यक्रम छ ।

सत्तारुढ दलहरुवीच भएको सहमति अनुसार एमालेले २ राज्यमन्त्रीसहित ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले एक राज्यमन्त्रीसहित ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाउने भएका छन् । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति भएको छैन । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।

श्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने बताइएको छ भने जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको छ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयनको विषयमा समेत छलफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज