सभामुखका लागि देवराज घिमिरे र ईश्वरी न्यौपानेको उम्मेदवारी

काठमाडौं/ संघीय संसदको सभामुखका लागि सत्तागठबन्धनको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी परेको छ ।

बुधबार बसेको एमालेको बैठकले झापा क्षेत्र नं २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ इन्चार्जसमेत हुन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । प्रतिनिधिसभाको सभामुखका लागि न्यौपानेले कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी हुन् ।

प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली ०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज