एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं/ विहिबार बसेको प्रतिनिधिसभाको बैठकले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित गरेको छ ।सभामुखका लागि भएको निर्वाचनमा घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेका हुन्।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्‍यो । घिमिरेको विपक्षमा १०० मत परेको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । नेपाली कांग्रेसका ३, नेकपा एमालेका १ संसद अनुपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मतले उनलाई जेष्ठ्य सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज