काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनु व्यवाहारिक नहुने बताएका छन् । स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनु पर्ने चर्चा चलिरहेको बेल नेम्वाङले यस्तो अभिव्यक्ति दिएका हुन ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताएका हुन। नेम्वाङले आफूलाई राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताए । पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार छान्छ उही व्यक्ति राष्ट्रपति हुने भन्दै उनले आफ्नो ठूलो आकांक्षा नभएको बताएका हुन् ।
सत्ता गठबन्धनको भागबण्डामा सभामुख र राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङको नाम अग्रपंक्तिमा छ ।