सभामुख घिमिरेले लिए सपथ

काठमाडौं/ सभामुख देवराज घिमिरेले शुक्रवार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

सत्तागठबन्धनको तर्फबाट हिजो मात्रै सभामुखमा निर्वाचित घिमिरे नेकपा एमालेका संसद हुन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज