काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को शुक्रबार बिहान संसदीय दलको बैठकले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने भएको छ ।
रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालका अनुसार मगरको मनोनयनमा सोबिता गौतम प्रस्तावक रहने छिन । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो । तर समावेशितााको कुरा उठ्न थालेपछि रास्वपाले उपसभामुखमा मगरलाइ उम्मेदवार बनाउने निर्णय गरेको हो ।