काठमाडौं/ नेपाली कांग्रेसको शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित प्रभावशाली नेताहरुको बैठकले प्रतिनिधिसभाको उपसभामुखमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसको समानुपातिक सांसद यादव केन्द्रीय सदस्यसमेत हुन् । कांग्रेसले सभामुख पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।