काठमाडौँ /प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् ।
उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे छन् । एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समर्थक छन् ।