काठमाडौँ/ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक तर्फबाट सासद सदस्य हुन । प्रतिनिधिसभामा शनिवार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।
शनिबारको प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा रानाले १६६ मत पाएकी थिइन । यादवको पक्षमा भने ९७ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।