काठमाडौँ/ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति पदमा सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने दावी गरेका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकपछि उपस्थित सञ्चारकर्मीहरुसँगको बोल्दै उपमहासचिव शर्माले यस्तो दावी गरेका हुन ।
राष्ट्रपतिको निर्वाचनको विषय अहिले छलफलमा नआइसकेको बताउँदै शर्माले सबै दलको सहमतिमै राष्ट्रपति चयनको सम्भावना समेत टरिनसकेको बताए ।दलहरूको बीचमा छलफल हुन्छ, त्यो प्रतिपक्षसहितको सहमतिमा पनि राष्ट्रपतिको चयन हुनसक्छ शर्माले भने हाम्रो गठबन्धनको सरकार छ, गठबन्धनकै उम्मेदवार राष्ट्रपति कुरा निश्चित नै छ ।
त्यसैगरी सञ्चारकर्मीहरुको प्रश्नमा उपमहासचिव शर्माले माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा नलाग्ने बताए ।