कोइरालाको समूहको निष्कर्षः दाहाल सरकारलाई समर्थन गर्नु काँग्रेसको गल्ति

काठमाडौँ / नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

कोइराला समूहको आइतबार बिहान बसेको बैठकमा सांसदहरूले विश्वासको मत दिने पार्टीको कदमका गलत भएको भन्दै समर्थन फिर्ता लिन माग गरेक हुन ।

बैठकमा सहभागित एक नेताका अनुसार नेता कोइरालाले बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पार्टीले गलत गरेको बताएका थिए । ती नेताका अनुसार कार्यसम्पादन समिति बैठकमा बहुमतले निर्णय गरेको र आफना कुरा सुनुवाइ नभएको भन्दै कोइरालाले ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए ।

नेता चन्द्र भण्डारीले बैठकको निष्कर्ष सुनाउँदै दाहालबाटै धोका भएको अवस्थामा उनलाई नै विश्वासको मत दिनु गलत कदम भएको बताए । कांग्रेसले विश्वासको मत दिनुपर्ने कुनै कारण नै नभएको बताउँदै उनले भने  ‘विश्वासको मत दिएर गल्ती भयो भन्ने त परिणाममै देखिँदै छ ।

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसीलगायत केन्द्रीय सदस्य र सांसद सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज