काठमाडौं/ प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सोमबार साँझ संघीय संसद् सचिवालयमा पदभार ग्रहण गरेकी छन्।
उनले सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन । शपथ लगत्तै उनले सिंहदरबार पुगेर कार्यभार सम्हालेकी हुन्।
पदबहाली गर्दै उपसभामुख रानाले ‘संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तरक्रिया कार्यक्रम गर्ने’ सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेकी छिन ।