म अनागरिक: रवि

काठमाडौँ /सर्वोच्च अदालतले नागरिकता विवादको मुद्दामा दोषी ठहर गरेपछि गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा रवि लामिछानेले आफू अहिले परिचय नभएको अनागरिक भएको प्रतिक्रिया दिएका छन् ।

संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए । उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरेका थिए ।

उनले भने, अदालतको फैसलालाई स्वागत र सम्मान गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज