काठमाडौँ /सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले आफैंसँग राख्ने भएका छन् ।
लामिछानेले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना भएपनि नयाँ गठबन्धन र सहभागि दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए ।