गोरखा /नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
गृहजिल्ला गोरखा पुगेका भट्टराईले शनिबार स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैराष्ट्रपति कसलाई बनाउने भन्ने कुरामा मुलुकका प्रमुख राजनीतिक दलहरुवीचमा मा प्रमुख राष्ट्रिय सहमति गरेर सर्वसम्मत रुपमा चयन गर्नु पर्ने बताएका हुन ।
राष्ट्रपति अभिभावकीय भूमिकामा रहने भएकाले पनि राष्ट्रिय सहमति भएमा राम्रो हुने तर्क राख्दै भट्टराईले यसका लागि नेपाली कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । राष्ट्रपति जस्तो गरिमामय संस्थालाई सवै दलको सहमति आवश्य रहने भन्दै उनले भने सके सम्म सर्वसम्मत गरौं, त्यसो हुन सकेन भने अधिकतम सहमति हुने तवरले जानु पर्छ।