रविको पार्टी रास्वपा खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पर्टाी खारेज गर्न माग गरिएको छ । उजुरीमा लामिछानेले गरेको निर्णयहरु सबै अवैध हुने भएकाले पार्टी खारेजको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज