रास्वपा तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारबाट नबाहिरिने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन कुर्ने निर्णय गरेको हो ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार रास्वपाले सरकार छाड्ने वा बाहिरिने बारे निर्णय लिन थप दुई दिन पर्खिने भएको छ।

सभापति रवि लामिछानेको नागरिकता विवादका कारण गृह मन्त्रालय गुमेपछि सत्तगठबन्धनमा उत्त मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे विवाद सिर्जना भएको छ । लामिछानेको नागरिकता सक्रिय भएसँगै गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । यद्यपि उनलाई गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री दाहालले बताएपछि रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । रास्वपाले गृह मन्त्रालय आफैले पाउनु पर्ने दावी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल गृह मन्त्रालय आफैसँग राख्ने अडानमा बसेपछि सत्तागठबन्धमा असन्तुष्टि देखिएको छ ।

गृह मन्त्रालयको रास्वपालाई दिने नदिने निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता ढकालले बताए ।

ढकालका अनुसार बैठकमा ३९ जना सबैले भनाइ राखेका थिए। बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीको फोन आयो । र दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो’, प्रवक्ता ढकालले भने, ‘त्यसलाई ध्यान दिएर २ दिनपछि निर्णय गर्ने सहमति भयो।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज