धनुषा / मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र जनमत पार्टीबाट ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीमा जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा वाणिज्य, जसपाकी सुरिताकुमारी साह सामाजिक विकास, एमालेका सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन्।
दुइवटा मन्त्रालय मागेको नेकपा माओवादी केन्द्रले एउटा मात्र मन्त्रालय पाएपछि मन्त्री अस्वीकार गरेको छ।