अभियोग लागेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुन बनाउने तयारी

काठमाडौं/ निर्वाचन आयोगले कुनै पनि अभियोग लागेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कानुन निर्माणको तयारी गरेको छ ।

निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत विधेयकको मस्यौदामा कुनै पनि कसुरमा अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था उल्लेख गरिएको छ । निर्वाचन आयोगले चालू अधिवेशनमै यो विधेयक संसद्मा छलफलका लागि लैजाने तयारी गरिरहेको जनाएको छ ।

अभियुक्त उम्मेदवार बन्ने बाटो बन्द गर्न लागिएको बताए । ‘माननीयहरू निलम्बनमा पर्दा, पदमुक्त हुुँदा आयोग पहिला के हेरेर बसेको भनेर धेरै प्रश्न उठ्यो, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, हालको निर्वाचन कानुनमै अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न पाउने व्यवस्था छ । अब यसलाई सुधार गरेर चुनावै लड्न नपाउने कानुन ल्याउँदै छौँ,।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले जुनसुकै अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न पाउने अधिकार दिएको छ । साथै, उम्मेदवार हुन निर्धारित मापदण्डबारे स्वघोषणा गरे पुग्ने व्यवस्था छ । यो व्यवस्थाको फाइदा उठाउँदै अभियुक्तहरू राजनीतिमा प्रवेश गरेर उम्मेदवार बन्ने र चुनाव जितेर सांसद बनेपछि निलम्बनमा पर्ने प्रवृत्ति देखिएको छ । निर्वाचनपूर्व अभियोग परीक्षण नहुँदा गत मंसिरमा चुनिएका एक सांसदले पद गुमाए, दुईजना निलम्बित र एक फरार छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज