सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरियो रास्वपा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेको छ । आइतवार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठक पछि आयोजित विशेष पत्रकार सम्मेलनका क्रममा उनले नेपाली मिडियाले आफूलाई खेदेको आरोप लगाउँदै केहि कान्तिपुर, सेतोपाटी लगायतका केही सञ्चार माध्याम र केही सम्पादकको नाम लिँदै आफूलाई खेदेको आरोप लगाएका हुन । ती मिडिया र त्यसका सम्पादकका विरुद्ध दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने पनि उनले बताए । तर सभापति लामिछानेले तर आफु नडराउने बताउँदै पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने बताए ।

सरकारबाट बाहिरिने निर्णयसँगै रास्वपाका मन्त्रीहरुले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज