काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालवीच भेटवार्ता भएको छ । बुधबार बेलुका प्रधानमन्त्री दाहाल र खनालबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो ।
नेता खनालको सचिवालयका अनुसार भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको छ । भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह समेत गरेको बुझिएको छ ।