काठमाडौं/ राष्ट्रपतिको आगामी निर्वाचनका लगायतका विषयमा छलफल गर्न बिहीबार सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बुधबार बालकोटमा भएको भेटपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।
बैठकमा राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गरिने बताइएको छ । प्रधानमन्त्री दाहालले बालकोटबाट बाहिरिने क्रममा सहमतिबाटै अगाडि बढ्ने प्रयास हुने बताएका थिए ।
बुधबारको भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने अडान राखेका थिए। ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ। माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरिसकेको छ।