सापकोटा र भुसाल माओवादी केन्द्रको उपाध्यक्षमा चयन

काठमाडौं/ नेकपा माओवादी केन्द्रले नेता अग्नि सापकोटा र नेतृ पम्फा भुसाललाई उपाध्यक्षमा चयन गरेको छ ।

माघ २१ गते सम्पन्न पार्टीको स्थायी समिटी बैठकको निर्णयअनुसार उनलाई उपाध्यक्षमा चयन गरिएको हो । यसअघि उपमहासचिवको जिम्मेवारीमा रहेकी नेतृ पम्फा भुसाललाई पनि सापकोटासँगै उपाध्यक्षमा चयन गरिएको हो । सापकोटा महरापछिको बरियता रहनेगरी उपाध्यक्ष चयन भएका हुन । सापकोटालाई उपाध्यक्षमा चयन गरेसँगै माओवादी केन्द्रमा पदाधिकारी संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज