संसदको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं/ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ ५ बजे संसद्को दोस्रो बैठक बस्ने कार्यसूची रहेको छ । दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ माघ २७ गते राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज