सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिने

काठमाडौं/ सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार शाहलाई प्रदेश प्रमुख देवराज जोशीले दिउँसो शपथ ग्रहण गराउनेछन् ।

यसअघिका मुख्यमन्त्री नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिमको ठूलो दलका नेताको हैसियतमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज