विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा

काठमाडौं/ विवेकशील साझा पार्टीको काठमाडौंमा जारी पहिलो महाधिवेशनले अध्यक्षमा समीक्षा बाँस्कोटालाई सर्वसम्मत चयन गरेको छ । शुक्रबार देखि शुरु भएको महाधिवेशनले ८ पदाधिकारी समेत सर्वसम्मत चयन गरेको छ ।

पार्टीका अनुसार उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने छन् । केन्द्रीय सदस्य भने चुनावबाट छान्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज