पार्टीमा व्यापक रूपान्तरण गर्छौंः प्रधानमन्त्री

काठमाडौं/ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्। आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

“पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।”

“अहिले बेला भएको छैन, २ महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ” उनले भने, “त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।”

“विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको बताउँदै प्रधानमन्त्री दाहालले विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बनेको बताउँदै सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि आफूहरुले सम्वोधन गर्नुपर्ने बताए । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज