काठमाडौं / नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटवार्तालाई व्यापक बनाएका छन् । भारतीय विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । विदेश सचिव क्वात्रा र प्रधानमन्त्री दाहालवीच प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्ता भएको थियो ।
यस अघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा देउवा निवास पुगेका थिए ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए । नेपाल आएसँगै उनले राजनीतिक भेटवार्तालाई तिब्रता दिएका हुन ।
विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्री विमला पौडेल र सँग पनि भेटवार्ता गरेका छन् ।