नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं/ ग्यास सिलिण्डर विस्फोटमा परि घाइते भएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि विहिबार भारत लगिएको छ ।

नेता भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले नेपालमा उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको थियो।

चिकित्सकको सल्लाहामा भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत लगिएको बताइएको छ ।

आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा विहिबार बिहान निधन भएको छ । अस्पतालका अनुसार नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज