काठमाडौँ /प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्षस्थ नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा गहन छलफल भएको छ ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहित आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।
कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न माओवादीलाई आग्रह गरेका थिए । करिब दुई घन्टा चलेको छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता छ । बैठकमा नेताहरुबीच त्यसअघि संवादमार्फत निर्णयमा पुग्ने सहमति भएको छ ।प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।