काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न अनुरोध गरेका छन् ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार भएको बताउँदै महामन्त्री शर्माले भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, उचित हुँदैन ।
आफूले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको सन्र्दभ उठाउँदै महमन्त्री शर्माले भने पछि साथीहरूसँग छलफल भयो उहाँहरुको कुरामा म सहमत छु, त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’