कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने आठ दलवीच सहमति

काठमाडौँ / आठ राजनीतिक दलको आज बसेको संयुक्त बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपतिमा विजयी गराउने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपति र जसपाले छानेको व्यक्तिलाई उप राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको हो।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहित नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज