आठ दलीय गठबन्धन छैन : अध्यक्ष ओली

काठमाडौँ /नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । शनिवार एमालेको तर्फबाट सुवाष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

वर्तमान सत्तारुढ गठबन्धन अझै पनि नतोडिएको बताउँदै अध्यक्ष ओलिले राष्ट्रपति पदमा एमाले उम्मेदवार नेम्वाङले विजयी हुने तर्क पेश गरे । उनले भने हामीले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएका हौं । अध्यक्ष ओलिले दलीय स्वार्थमा लागेर नभइ राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज