काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोका दिएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
दाहालले आफूलाई अहिलेको ठाउँमा ल्याइपुर्याउने सिपाही र सहिदहरुलाई धोका दिएको भन्दै अध्यक्ष ओलीले दाहाले आफूलाई धोका दिनु ठूला कुरा नभएको बताए । ओलीले भने, उहाँ ढाँट्न, छक्याउन, धोका दिन अफ्ठ्यारो मान्नु हुन्न, जनता र सहयोद्धाहरुलाई समेत धोका दिनुभयो । मलाई धोका दिनु ठूलो कुरा भएन ।
प्रधानमन्त्री दाहालको बोलि र व्यवाहार फरक रहेको टिप्पणी गर्दै ओलिले भने, उहाँ एउटा बोल्नु हुन्छ, बेग्लै काम र अर्कै काम गर्नुहुन्छ । हेर्नु देब्रेपट्टि हुन्छ निशाना दायाँपट्टि लगाउनु हुन्छ ।