ओलीले राष्ट्रपतिको कार्यकाल आधा–आधा गरौं भनेपछि मैले अस्वीकार गरेः अध्यक्ष नेपाल

कर्णाली/ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रपतिको कार्यकाल आधा–आधा गरौं भनेपछि आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

कर्णालीमा प्रशिक्षणका लागि सुर्खेत आइपुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताएका हुन् ।

मुलुकका लागि यसकिसिमको गठबन्धन राम्रो नहुने बताउँदै नेता नेपालले जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको बताए ।

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष नेपालले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज