राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं/ नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको हो।

गत फागुन १३ गते ८ दलको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार भएका थिए। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज