काठमाडौं/ नेकपा ९एमाले० ले आसन्न राष्ट्रपति निर्वाचनबारे प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा गरिएको अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए।
अध्यक्ष ओलिले राष्ट्रपतिको निर्वाचनमा सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताउँदै लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताएका थिए ।