काठमाडौँ / उपराष्ट्रपति निर्वाचनका लागि उम्मदवारी दिएका चारै जनाको उम्मेदवारी कायम भएको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आइतबार अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चार जनाको उम्मेदवारी कायम रहेको उल्लेख गरेको छ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ।